Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौंमै पहिरो: एक जनाको गयाे ज्यान

    काठमाडौंमै पहिरो: एक जनाको गयाे ज्यान

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । लगातार भइरहेकाे वर्षाका कारण देशका विभिन्न स्थानमा पहिराे गइरहेकाे छ। साेही क्रममा काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।



    वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।



    जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको जनाएको छ। बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ।

    भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार