Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चिनियाँ खोपको तेस्रो चरणमा मानव परीक्षण सुरू

    चिनियाँ खोपको तेस्रो चरणमा मानव परीक्षण सुरू

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गरे लगत्तै चिनियाँ खोपको पनि तेस्रो चरण परीक्षण शुरु भएको छ । यस अन्तर्गत संयुक्त अरब इमिरेटको अबुधाबी शहरमा १५ हजारलाई चिनिया खोप लगाउने भएको छ ।

    तस्रो चरणको परीक्षण शुरु गर्ने यो विश्वको पहिलो कोरोना खोप हो । यो खोपको विकास चिनियाँ कम्पनी साइनोफर्म सीएनबीजीले गरेको हो । विश्व स्वास्थ्य संगठनमा पंन्जिकृत यो खोपको क्लिनिकल परीक्षणको शुरुवाट युएईका शेख अब्लुल्ला बिन मोहम्मद अल हमदले गरेका छन् ।



    युएईमा करिब २ सय देशका नागरिक बस्छन्, त्यसैले यहाँ खोप परीक्षणको अनुमति दिइएको बताइएको छ । यस परीक्षणमा १५ स्वयंसेवकले हिस्सा लिइरहेको युएइका अधिकारीले बताएको छ । यस क्रममा चीनका राजदुतको पनि उपस्थिति थियो । यो क्लिनिकल परीक्षण अत्यन्त कडा नियम भित्र गराइएको हो । पहिलो र दोस्रो चरणको सफलतापछि यो खोपको तेस्रो परीक्षण शुरु गरिएको चिनियाँ कम्पनीले दावी गरेको छ ।



    २८ दिन भित्र दुई पटक यो खोपको डोज दिएपछि सत प्रतिशत ब्यक्तीमा रोग प्रतिरोध क्षमता विकसित भएको सिनोफर्म कम्पनीले जनाएको छ । यो तेस्रो चरणको परीक्षणमा १८ देखि ६० बर्ष उमेर समुहका ब्यक्तीहरु सहभागी भएका छन् ।

    यो इनएक्टिवेटेड कोरोना भाइरस खोप यस महामारीमा सबै प्रकारका भाइरस लागि उपयुक्त भएको सिनोफर्मका अध्यक्ष यांग सियाओमिंगले जानकारी दिए । साथै यसको अन्य खोपको तुलनामा अत्यन्त कम मात्र दुष्प्रभाव छ । उनले भने ( हालै चीनको सिनफादी बजारमा भेटिएको भाइरसको प्रकारका लागि पनि प्रभावकारी छ ।

    अहिलेसम्म कुनै पनि कोरोना खोपलाई अनुमति दिइएको छैन । डब्ल्युएचओका अनुसार २३ खोपको मानव परीक्षण भइरहेको छ । यसमा तीनवटा खोप आफनो परीक्षणको तेस्रो चरणमा पुगेको छ । अहिलेसम्म ५ लाख ८४ हजार यस महामारीका कारण मृत्यु भइसकेको छ । यो भाइरसको संक्रमण १ सय ९६ देशमा फैलिसकेको छ ।

    विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) का कुनै पनि रोग वा भाइरसविरुद्ध खोप निर्माण गर्न लामो समय लाग्ने गर्छ । त्यसैले खोप यो मितिमा आइपुग्छ भनेर भन्न सकिँदैन । यद्यपि अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले आफ्नो देशमा यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको खोप बजारमा आइपुग्ने दाबी गरेका छन् । अरुले पनि यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार