Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब

    नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ । नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।

    नापी विभागका अनुसार कार्यदलले हालसम्म १हजार ७सय ६३वटा मर्मत गरेको छ भने २हजार ४सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ। यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८सय ९२ वटा हराएको विभागको भनाइ छ। सुगौली सन्धिपछि दुवै देशको सीमामा ८ हजार ५ सय ५३ पिलर गाडिएको थियो। तीमध्ये कतिपय लडेका, कतिपय हराएका, कतिपय मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले ६ वर्षदेखि वैज्ञानिक मापन जारी छ। वैज्ञानिक मापनपछि पनि कतिपय ठाउँमा पिलर गायब गरिएका छन्।



    नेपाल–भारत सीमाक्षेत्र ठोरीमा गाडिएका ४सय ३६ नम्बरको सीमास्तम्भ आइतबार बिहान गायब गरिएको छ। यसको औपचारिक जानकारी विभागमा भने नआएको विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार ठोरीमा सन् २००७मै वैज्ञानिक सीमा मापनको काम पूरा भएको हो।



    सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेर सीमाक्षेत्रको वैज्ञानिक मापन सुरु गरिएको नापी विभागको भनाइ छ। यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागले निकालेको छ।

    विभागका अनुसार हाल ४ वटा टोली बनाएर सीमाक्षेत्रको वैज्ञानिक मापनको काम सुरू गरिएको छ। जस अनुसार एउटा टोली सुनसरीदेखि पूर्व इलामसम्मका लागि खटेको छ। सो टोलीले सुनसरी, मोरङ, झापा र इलामको सीमाक्षेत्रमा काम गर्नेछ। हाल यो टोली झापामा कार्यरत छ। यसैगरी अर्को टोली सुनसरीदेखि चितवनसम्मका लागि खटेको छ। हाल यो टोली धनुषामा कार्यरत छ। तेस्रो टोली नवलपरासीदेखि कपिलवस्तु, बाँकेसम्मका लागि खटेको छ। हाल सो टोली बाँकेमा कार्यरत छ। यसैगरी चौथो टोली कैलाली र कञ्चनपुरका लागि खटेको छ। नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार