Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौंमा दिउँसै लुटपाट, प्रहरी मूकदर्शक

    काठमाडौंमा दिउँसै लुटपाट, प्रहरी मूकदर्शक

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । काठमाडाैँमा दिउँसै लुटपाट भएकाे छ। काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटपाट भएको हाे।

    १ तोला बराबरको सुनको मुन्द्रा लुटपाट भएकाे हाे। कास्की घर भई काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हो।



    बालिकाहरु सडकमा हिँडिरहेको अवस्थामा अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटि फरार भएको बताइएको छ। लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार