Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सांसदहरूकाे प्रश्न: देश नेताले चलाइरहेको छ कि ठेकेदारले ?

    सांसदहरूकाे प्रश्न: देश नेताले चलाइरहेको छ कि ठेकेदारले ?

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ — विकास निर्माण कार्यलाई निर्वाचनका बेला गरेको बाचाअनुसार अगाडि बढाउन चुकेको भन्दै सत्तारुढ नेकपाका सांसदहरूले नै सरकारको आलोचना गरेका छन् । निर्माण परियोजनाको ठेक्का लिएका ठेकेदारले काम रोकेको र संचालनका लागि स्थानीय तह, प्रदेश र संघीय निकायका जनप्रतिनिधिले बारम्बार ताकेता गर्दा बेवास्ता गरिरहेको सांसदहरूको भनाइ थियो ।

    सडक र पुललगायतका विकास निर्माणका कामको जिम्मा पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायले मातहतका परियोजनाको नियमन नगरेको भन्दै मन्त्री वसन्तकुमार नेम्वाङ र मन्त्रालयका अधिकारीहरूमाथि विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले आक्रोश पोखेका छन् ।



    एउटा सडक, पुल निर्माण सम्पन्न हुन दशौं वर्ष लागेको र त्यसमा पनि गुणस्तरहीन सामग्री प्रयोग हुनुका साथै इन्जिनियरिङ विपरीतका काम भएको उनीहरूको भनाइ थियो ।



    बेलाबेला सरकार ठेकेदार, नेता वा कर्मचारी कसले चलाइरहेको छ भन्ने लागिरहेको नेकपाका सांसद यज्ञराज सुनुवारको दुखेसो थियो । भौतिक पूर्वाधार निर्माणका परियोजनामा तत्कालीन र दीर्घकालीन रूपमा योजनाबद्ध समाधान खोज्नुपर्नेमा त्यसो नभइरहेको उनको भनाइ थियो । आइतबारको बैठकमा उनले सोधे, ‘बेलाबेलामा लाग्छ यो देश कसले चलाइरहेको छ ? नेता, कर्मचारी, प्राविधिक वा ठेकेदार कसले ?’

    विकासे परियोजनाका समस्या के हुन् भन्ने सबैलाई ज्ञात भएको तर परिवर्न गर्ने चुनौती कसैले बहन नगरेको सुनुवारको भनाइ थियो । ऐन, कानुनमा समस्या भए संसदले सहयोग गर्ने तर कार्यान्वयनमा समस्या हो भने दण्ड र पुरस्कारको व्यवस्था गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘दुई/चार घण्टा मन्त्री र सचिवलाई पुल नबनेको ठाउँमा पानी परेको बेला नलगी पुल बन्ला जस्तो छैन,’ उनले भने । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार