Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओली–दाहालबीचको छलफल सकियो, टुंगियाे विबाद?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफल सकिएको भएपनि अहिलेसम्म कुनै जानकारी नगराएको बताए।

विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा आउँदो मंसिरमा एकताको महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई दाहालले समर्थन गरेका थिए। तर आइतबार बिहान दाहालले आफू ओलीको प्रस्तावमा सहमति नभएको सार्वजनिक गरिसकेका छन् ।

दाहालले ओलीको प्रस्तावमा समर्थन गरेसँगै दुई नेताबीच फेरि आपसी सहमति भएको अनुमान गरिएको थियो । तर नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए ।

आफु भुलवस ओलीको प्रस्तावको समर्थन गर्न पुगेको र परिवन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्‍याइएको दाहालले बताएका थिए। दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। स्थायी समिति बैठक पर्सी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077