काठमाडौं । नेपालमा अहिले पाँच सय भन्दा धेरै कोरोना संक्रमित रहेको जिल्लाको संख्या तीन रहेको छ । पाँच सयभन्दा धेरै कोरोना संक्रमित उपचाररत तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
साथै नेपालका ८ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा आईतबारसम्म कोरोना संक्रममितको संत्रिमितको संख्या १७ हजार ६५८ रहेको छ । भने ११ हजार ६९५ जनाको कोरोना जितेर घर फर्कीएका छन् । जसमध्ये ४० जनाको मृत्यु भएको छ ।
Leave a Reply