Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संसदीय समितिको निर्देशन : महिलाको शान्ति सुरक्षाको अवस्था मापन गर्नू

    संसदीय समितिको निर्देशन : महिलाको शान्ति सुरक्षाको अवस्था मापन गर्नू

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । संसदीय समितिले महिलाको शान्ति सुरक्षाको अवस्थाबारे मापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    आइतबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले प्रदेशसभाको सामाजिक समितिका प्रतिनिधिसँगको छलफलपछि नेपालमा महिलाको शान्ति सुरक्षाको विद्यमान अवस्था मापन गर्न र परिणामबारे समितिलाई लिखित रुपमा जानकारी गराउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।



    महिला तथा सामाजिक समितिले प्रदेश सभाका सामाजिक समितिका सभापति र सांसदहरुसँग महिलाको शान्ति सुरक्षाको अवस्थाबारे छलफल गरेको थियो । छलफलमा सहभागी सांसदहरुले महिला हिंसामा कमी आउनुको सट्टा झन् बढ्दै गएको धारणा राखे ।



    सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समिति सभापति कुन्ती जोशीले महिला हिंसा समय अनुसार बदलिएका भन्दै त्यसलाई अन्त्य गर्न नयाँ नीति बन्नुपर्ने धारणा राखिन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार