काठमाडौं । कोरोना भाइरस संक्रमण मुक्त हुने जिल्लाको संख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
यस्तै हालसम्म ८ जिल्ला कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो केही हप्ता यता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आइरहेको छ ।
Leave a Reply