Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विश्वभर कोभिड–१९ बाट सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

    विश्वभर कोभिड–१९ बाट सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ ।

    अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ ।



    त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ ।



    मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् ।

    त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ ।

    देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार २७३, मेक्सिकोमा ३८ हजार ८८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन् ।

    अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३७ लाख छ हजार ९२७ पुगेको छ भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ९२१ जना सङ्क्रमित थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार