Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सञ्चालनको तयारीमा नेपालकै पहिलो थ्रिडी आर्ट म्युजियम

    सञ्चालनको तयारीमा नेपालकै पहिलो थ्रिडी आर्ट म्युजियम

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.7K
    SHARES

    ललितपुर । ललितपुरको इमाडोलमा बन्दै गरेको नेपालको पहिलो थ्रिडी आर्ड म्युजियम सञ्चालनको तयारीमा जुटेको छ ।

    शनिबार ललितपुरको म्युजियम निर्माणस्थल इमाडोलमा सम्पन्न एक कार्यक्रमबीच ‘ब्रान्डिङ लोगो’ (प्रतिक चिन्ह) सार्वजनिक गरिएसँगै म्युजियम सञ्चलनको तयारीमा जुटेको हो ।



    कम्पनीका सञ्चालक मध्येका ज्येष्ठ सदस्य कृष्ण सुवेदीले सार्वजनिक गरेको उक्त लोगो पनि थ्रीडी आर्टकै अवधारणामा तयार गरिएको जनाइएको थियो ।



    लोगो सार्वजनिक गर्दै सुवेदीले आफूहरु वन डे ग्रुपसँग जोडिएर नेपालमै पहिलोपटक निर्माण हुन लागेको ऐतिहासिक कार्यका लागि सामेल हुन पाउँदा गौरवान्वित भएको बताउँदै यस म्युजियम नेपालको आन्तरिक तथा बाह्य पर्यटनका लागि कोशेढुंगा सावित हुने पनि बताए ।

    थ्रीडी आर्टको कलालाई म्युजियमको रुपमा विकास गर्दै आम दर्शक एवं सर्वसाधारणलाई कलाको माध्यमबाट मनोरञ्जन एवं ज्ञान दिने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको उक्त म्युजिम आगामी असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने लक्ष्य राखिएको कम्पनीका निर्देशक सुन्दर विष्टले जनाए ।

    वन डे थ्रिडी आर्ट वल्र्ड प्रा.लि.ले यही साउनको सुरुदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित गत वर्षको पुसबाट निर्माण सुरु गरेको उक्त म्युजियम लकडाउनको कारण निर्धारित मितिमै निर्माणसम्पन्न गर्न नसकिएको विष्टले बताए ।

    विष्टले भने–‘साउनदेखि नै सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको यस म्युजियम लकडाउनका कारण ३ महिना ढिला सकिने भयो ।’

    १ करोड ५० लाखमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिए पनि लकडाउनका कारण लागत बढ्ने पनि उनले बताए ।

    ललितपुरको इमाडोलमा करिब ४ रोपनी क्षेत्रमा निर्माण गरिन लागेको म्युजियम विशेष गरी युवापुस्ता र विद्यालयस्तरका विद्यार्थीको मुख्य आकर्षणको केन्द्र बन्ने कम्पनीका सञ्चालक एवं बरिष्ठ आर्ट कोअर्डिनेटर ओम प्रकाश विश्वकर्माले बताए ।

    उनले विगत ६ महिनादेखि निर्माण र कलातर्फ दैनिक १० देखि १२ जनाले निर्धारित समयभित्रै निर्माणसम्पन्न गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए ।

    नेपालको मौलिक कला संस्कृतिक र विश्वबजारमा चर्चित आधुनिक भित्ते कलालाई यस संग्रहालयमा प्रस्तुत गर्न लागिएको कलाकार विश्वकर्माले बताए ।

    विशेषतः विद्यालयहरुले विद्यार्थीहरुलाई थ्रीडी आर्टका बारेमा जानकारी दिनका लागि यस संग्रहालय नमुनास्थल बन्ने उनले बताएका छन् ।

    उक्त म्युजियम परिसरमा बालबालिकाका लागि खेल्नका लागि प्रशस्त स्थान र थ्रिडी आर्टको कलासँगै स्वादिष्ट खानाको लागि ‘फुड कोर्ट’समेत निर्माण गरिने बताइएको छ ।

    लोगो सार्वजनिक कार्यक्रममा कम्पनीका सञ्चालक मोहन खड्का, अनिल सुवेदी, नरेश बुढाथोकी, राजेश अर्याल, शेखर आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    वानडेले यस अघि कम्पनीले ललितपुरको कुमारीपाटीमा नेपालकै पहिलो थ्रीडी आर्ट रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार