Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ठोरीबासीहरुले भारतीयलाई चेतावनी दिँदै पहिलेकै स्थानमा सीमास्तम्भ गाडे

    ठोरीबासीहरुले भारतीयलाई चेतावनी दिँदै पहिलेकै स्थानमा सीमास्तम्भ गाडे

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.9K
    SHARES

    चितवन। नेपाल भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेपछि नेपाली पक्षले पनि भारतीयलाई जवाफ दिएको छ।

    ठोरीमा उखेलिएको सीमा पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल  श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।



    सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनाबग्रस्त भएको थियो ।



    भारतीय पक्ष र नेपाली पक्षबिच झण्डै कुटाकुटको अवस्था सिर्जना भएसंगै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल ठोरी क्षेत्रमा पटक पटक सीमा विवाद हुँदै आएको छ। ठोरीबासीहरुले सीमा रक्षाका निम्ति अविराम संघर्ष गर्दै आएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको  सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका हुन ।

    भगवान राम जन्मेको भनिएको अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने स्थानिय बासिन्दाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार