Online Nepal
  • शुक्रबार, ११ माघ २०८१
  • महानगरपालिकाको टेण्डरको अनियमितताप्रति काँग्रेसकाे ध्यानाकर्षण

    महानगरपालिकाको टेण्डरको अनियमितताप्रति काँग्रेसकाे ध्यानाकर्षण

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए ।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिकाका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।



    टेण्डरसम्बन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारी माथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको प्रवक्ता सिग्देलले बताए। बैठकले ३८ औँ वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार