Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ट्याक्टर सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना, सात जनाको मृत्यु

    ट्याक्टर सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना, सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल : तस्बिर

    प्यूठान। प्यूठानमा सडकबाट अन्दाजी ५ सउ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएकाे छ। दुर्घटनामा परी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
    गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हाे।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जानकारी दिए। साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उनको भनाई छ । उनका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् ।



    अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताउनभयो । घटनाको बिस्तृत विवरण आइसकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार