Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • परराष्ट्रमन्त्री ज्ञवालीले भने- भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन

    परराष्ट्रमन्त्री ज्ञवालीले भने- भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    गुल्मी । पछिल्लाे समय नेपाल-भारतबीचसीमा विवादलाइ लिएर विभिन्न असन्तुष्टिहरू रहेका छन् । साेही क्रममा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले दुई–दुई पटक कूटनैतिक पहलकाे
    प्रयास गर्दा पनि भारतले नटेरेकाे आरोप लगाए ।

    गुल्मीमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि पीसीआर मेसिन तम्घासमा शनिबार हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले भने,’सिमाना विवाद समाधानको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई–दुई पटक कूटनैतिक पहल र आग्रह गरे पनि भारतले टेरेकाे छैन।’



    उनले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताए । मन्त्री ज्ञवालीले भने, ‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन, बरु सडक बिस्तार भयो ।’ राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता गरी नयाँ नक्सा जारी गरेको बताउँदै उनले अब पनि सबै दल र जनताको सहयोगमा कुटनीतिक पहलमार्फत् नक्सामा कायम भएको भूभाग फर्काउन प्रयत्न गर्ने बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार