Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चार दिनसम्म भारी वर्षाकाे सम्भावना

    चार दिनसम्म भारी वर्षाकाे सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि बुधबारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने भएकाले सतर्क हुन आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सचेत हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

    जेठ ३० मा मनसुन सुरु भएदेखि शुक्रबारसम्म बाढीपहिरोका ३ सय १३ वटा घटना भएका छन्, जसमा परेर १ सय ८ जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । प्राधिकरणले साउन दोस्रो र तेस्रो साता विपद्का घटनामा वृद्धि हुने आँकलन गरेको छ ।



    मौसमविद्का अनुसार मनसुन न्यून चापीय रेखा तराई क्षेत्रको नजिक आउने भएकाले लगातार चार दिनसम्म नेपालभर मनसुन सक्रिय हुनेछ । मनसुन सक्रिय भएर वर्षा हुँदा मध्यपहाडी क्षेत्र, चुरे तथा तराईमा बहने स–साना नदीनालाहरूमा साउन ९ सम्मै आकस्मिक बहाव हुनेसमेत मौसमविद्हरूको आँकलन छ ।



    विभागले टोलफ्री नम्बर ११५५ समेत सञ्चालनमा ल्याएको छ । बाढीको सम्भावना भएका नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई बाढी आउनपूर्व नै मोबाइलमा सन्देशसमेत पठाउने तयारी रहेको विभागको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार