Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रहरी हवल्दारद्वारा आत्महत्या, श्रीमती र प्रेमीविरुद्ध मुद्दा दर्ता

    प्रहरी हवल्दारद्वारा आत्महत्या, श्रीमती र प्रेमीविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 4.1K
    SHARES

    धरान । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दार ओम प्रकाश खतिवडाको आत्महत्याको घटनामा प्रहरीले उनकी श्रीमती र प्रेमीलाई दोषी ठहर्‍याएको छ। सुनसरी प्रहरीले हवल्दार खतिवडाले आत्महत्या गर्नुको कारण उनकी श्रीमती दीक्षा खतिवडा र उनका प्रेमी विशाल तामाङ रहेको भन्दै आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ। प्रहरीले दुवैलाई पक्राउ गरी कारबाही प्रकृया अगाडी बढाएको छ।

    हबल्दार खतिवडाले आत्महत्या गर्नुको कारण श्रीमती दीक्षा र विशालबीचको अवैध सम्बन्ध रहेको खुलासा भएको छ। दिक्षाले उर्लावारी–९ का विशालसँ दुईवर्षदेखि राखेको अवैध सम्बन्धका कारण आत्महत्या गरेको देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए। दोषी देखिएपछि दुवैजनालाई पक्राउ पक्राउ गरी आत्महत्या दुरुसाहन सम्बन्धि मुद्दा दर्ता गरि कारबाही प्रकृया अगाडी बढाइएको एसपी थापाले जानकारी दिए।



    हवल्दार खतिवडाले गत असार १६ गते राति जिल्ला अदालत सुनसरीको छतमा पेस्तोलबाट आफैंलाई कन्चटमा गोली हानि आत्महत्या गरेका थिए। आफैँलाई गोली हान्नुअघि ओम प्रकाशले दीक्षालाई पनि फोन गरेको र विशाललाई पनि फोन गरेर मेरो जिन्दगी बर्बाद पारिस श्रीमतीलाई लगर राम्रोसँग पाल भनेको अनुसन्धानबाट देखिएको एपपी थापाको भनाइ छ।



    खतिवडाले आत्महत्या गर्नु अगाडी तामाङ र श्रीमतीसँग फोनमा बोलेको कल डिटेलसमेत प्रहरीले फेला पारेको छ। श्रीमती दिक्षाको तामाङसँग रहेको चालपछि पटक–पटक सम्झाउँदा पनि नमानेका कारण तनावले दाजुले आत्महत्या गरेको मृतकका भाइ तारानिधि खतिवडाले बताए।

    भाउजु र तामाङले निरन्तर तनाव दिएर दाजुलाई आत्महत्या गर्न बाध्य पारेको जाहेरी तारानिधिले दिएका थिए। तारानिधिले गत असार १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्महत्या दुरुत्साहनमा दिक्षा र विशालविरुद्ध किटानी जाहेरी दिएका थिए।

    प्रहरीले लगत्तै जाहेरी दर्ता गरि सोहि दिन तामाङलाई फक्राउ गरेको थियो। दीक्षालाई भने १३ दिनको काजक्रिया सकिएलगत्तै पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको एसपी थापाले बताए।

    प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दीक्षा र विशालले पनि दुई वर्षदेखि माया प्रेममा फसेर शारीरिक सम्बन्ध पनि राख्दै आएको प्रहरी समक्ष बयान दिएका छन्। सुनसरीका अधिवक्ता नवराज आचार्यले आतमहत्या दुरुत्साहन गरेको ठहरिएमा दोषीलाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय हुने जानकारी दिए। अन्नपुर्ण पाेष्ट दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार