काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये ६६.१२ प्रतिशत कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
Leave a Reply