Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

    थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । शनिवार थप ५७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका ९ जना, तेह्रथुमका २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार