Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतमा कोरोना संक्रमित बालबालिकामा देखियो दुर्लभ रोगको लक्षण

    भारतमा कोरोना संक्रमित बालबालिकामा देखियो दुर्लभ रोगको लक्षण

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 3K
    SHARES

    एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमित बालबालिकामा दुर्लभ रोगको लक्षण देखा परेकाे छ। बीबीसी हिन्दीका अनुसार त्यस प्रकारका रोगहरु यसअघि कोरोना भाइरसको चपेटामा परकाे सबैभन्दा बढी प्रभावित भएको मुम्बईमा देखिएको थियो।

    बीबीसी हिन्दीमा प्रकाशित समाचारअनुसार कावासाकी नाम गरेको उक्त रोगले शरीरमा विभिन्न प्रकारकाे रियक्सन देखिएकाे छ। शरीरमा दाग देखिनुका साथै सुनिने गरेकाे जस्ताे रियक्सन देखिएकाे हाे। पाँच वर्षमुनीका बालबालिकामा देखिने यो रोगले संक्रमित बालकालिकामा ज्वरो समेत देखिने गरेको छ।



    दिल्लीको कलावती सारन अस्पतालमा करिब ६ जना बालबालिकामा यो रोगका लक्षण देखिएको बताइएको छ। उनीहरु सबै कोरोना भाइरसबाट संक्रमित रहेका छन्। कलावती सारण अस्पतालमा बाल रोग विभागका अध्यक्ष डा. वीरेन्द्र कुमार भन्छन्, “याे सबै भन्दा धेरै आम लक्षणहरू हुन् जुन सम्पूर्ण विश्वमा वर्णन गरिएको छ। यद्यपि अन्य भाइरसहरू पनि त्यस्तो सिन्ड्रोमको लागि जिम्मेवार हुन सक्छन् तर यस महामारीको समयमा, सम्भव छ कि यो रोग कोविड १९ संग सम्बन्धित छ। हाल उक्त लक्षणबारे अनुसन्धान भइरहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार