Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवल–तानसेन सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डमा पहिराे खस्दा सडक पुनः अवरुद्ध भएको छ । तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको
जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिने गरी पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताए । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077