Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ज्यानमुद्दाका आरोपीलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

    ज्यानमुद्दाका आरोपीलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ । सवारी ज्यान मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई सर्वोच्च अदालतले ‘आश्चर्यजनक रुपमा’ ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । बिनालाइसेन्स, अत्यधिक मदिरा सेवन गरेका चालकले चलाएको गाडीको ठक्करबाट बुढानिलकण्ठमा लीला देवकोटाको मृत्यु भएको थियो ।

    त्यही घटनासँग जोडिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.मनोजकुमार शर्माको इजलासले आरोपित पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेश गरेको हो । गत बुधबारको आदेश शुक्रबारमात्रै सार्वजनिक भएको हो ।



    विवादास्पद आरोपितलाई छाड्ने क्रममा सर्वोच्च अदालतले उनको मानसिक समस्या र दमको बिरामी भएको दाबीलाई आधार लिएको छ । ती दुवै दाबी घटनापछिका हुन् । अस्पतालबाट पेस भएका कागजातको सत्यता समेत परीक्षण नगरी सर्वोच्च अदालतले मल्ललाई धरौटीमा छाडेको हो ।



    ‘कोरोना भाइरस महामारीको अवस्थामा दमका बिरामी उच्च जोखिममा रहेको’ आदेशमा भनिएको छ, ‘हाल उनी भागी जाने वा प्रमाण लोप गर्ने अवस्थामा समेत नदेखिँदा ५ लाख रुपैयाँ धरौटीमा छाड्नु ।’

    आरोपित पृथ्वी मल्ल घटनाको एक साताअघि मात्रै अध्ययन बिदाका क्रममा अमेरिकाबाट नेपाल आएका हुन् । सर्वोच्च अदालतले उनी फेरि अमेरिका फर्केर जाने सम्भावनालाई ‘अनदेखा’ गर्दै उनी भागी जाने सम्भावना नहरेको भनी आदेशका क्रममा व्याख्या गरेको हो । आरोपित मल्ल विमानस्थलबाट वा सडकबाट भागेर जाने सम्भावना भएको अवस्थामा समेत विदेश जान रोक लगाउने वा पासपोर्ट रोक्का राख्नुपर्ने भए पनि त्यस्ता कुनै आदेश पनि गरेको छैन । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार