Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चौरी देउराली गाउँपालिकाभित्र मदिरा विक्री वितरणमा रोक

    चौरी देउराली गाउँपालिकाभित्र मदिरा विक्री वितरणमा रोक

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 7.8K
    SHARES

    बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको कोशिपारीस्थित चौरी देउराली गाउँपालिकाले साउन १ गतेबाट लागू हुने गरी गाउँपालिकाभर घरेलु, स्वदेशी तथा विदेशी कुनै पनि प्रकारको मदिराजन्य पदार्थको उत्पादन, ओसार–पसार र विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

    चौरी देउराली गाउँपालिकाको कार्यालयले आज (शुक्रबार) एक सूचना जारी गरी घरेलु उत्पादित रक्सी तथा आयातित सबैखाले मादक पदार्थको व्यवसायिक उत्पादन, ओसार–पसार र खरिद विक्रीमा रोक लगाउने निर्णय गरेको हो ।



    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महानदास लामाद्धारा हस्ताक्षर गरिएको उक्त सूचनामा भनिएको छ–‘गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ काे नीति तथा कार्यक्रम र छैटौं गाउँसभाले यस चौरी देउराली गाउँपालिका भित्र मिति २०७७ साल साउन १ गतेदेखि लागु हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातित सबैखाले मादक पदार्थको व्यवसायिक उत्पादन, ओसार–पसार र खरिद विक्रीमा पूर्णरुपले प्रतिवन्ध एवम् निषेध गरिएको…. सूचना गरिएको छ ।’



    गाउँपालिकाले सम्बन्धित पसल व्यवसायीहरुले मादक पदार्थ स्टक भएमा साउन १५ गते भित्र फिर्ता वा नष्ट गरी स्टक क्लियर गर्न पनि निर्देशन दिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार