Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • श्वासप्रश्वासमा समस्या आएपछि अमिताभ भर्ना भएकै अस्पतालमा ऐश्वर्या र नातिनी पनि

    श्वासप्रश्वासमा समस्या आएपछि अमिताभ भर्ना भएकै अस्पतालमा ऐश्वर्या र नातिनी पनि

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । भारतमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बलिउड कलाकारका परिवारमा पनि संक्रमित ह्वत्तै बढेको छ ।

    अमिताभ बच्चनको श्रीमती जया बच्चन बाहेक सबैमा कोरोना पुष्टि भइसकेको छ । कोरोना पोजेटिभ भएको ५ दिनपछि पूर्व विश्व सुन्दरी एवम् नायिका ऐश्वर्या राय बच्चन र छोरी आरध्यालाई अस्पताल भर्ना गरिएको छ ।



    उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई ५ दिन अघि संक्रमण पुष्टी भएको थियो ।



    संक्रमण पुष्टी भएपछि घरमै आईसोलेसनमा बस्दै आएका उनीहरुलाई शुक्रबार साँझ नानावती अस्पतालमै भर्ना गरिएको छ ।

    उक्त अस्पतालमा भारतीय अभिनेता अमिताभ बच्चन र ऐश्वर्या पति अभिषेक बच्चन उपचाररत रहेका छन् । उनीहरुलाई पनि शनिबार नै कोरोना पुष्टी भएको थियो ।

    यसअघि अनुपम खेरको दाजु भाउजु र नायिका रेखाको सुरक्षागर्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार