Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एन्फाका पूर्वअध्यक्ष थापाले पत्रकारलाई दुर्व्यवहार गरेकाेप्रति भर्त्सना

    एन्फाका पूर्वअध्यक्ष थापाले पत्रकारलाई दुर्व्यवहार गरेकाेप्रति भर्त्सना

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले पत्रकारमाथि दुर्व्यवहार गरेको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

    मञ्चले शुक्रबार विज्ञप्ति निकाल्दै पूर्व अध्यक्ष थापा र उनका छोरा अभिषेक थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार भएको जनाएको हो।



    तिमल्सिनाले बिहीबार समाचारका लागि पूर्व अध्यक्ष थापासँग फोन वार्ता गरेका थिए। वार्ताको क्रममा थापाले गाली गलौजसहित अभद्र व्यवहार गरेको भन्दै मञ्चले भर्त्सना गरेको छ । थापाका छोरा अभिषेकले कार्यलय परिषरमै गएर वादविवाद गरेको पनि विज्ञप्तिमा उल्लेख छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार