Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अख्तियारमा तीन दशकयताकै सबैभन्दा बढी मुद्दा दायर, २५ हजार उजुरी

    अख्तियारमा तीन दशकयताकै सबैभन्दा बढी मुद्दा दायर, २५ हजार उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको जनाएको छ ।

    आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको मध्ये १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को विस्तृत अनुसन्धान गरिएको आयोगले जनाएको छ ।



    यस्तै आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेको थियो ।



    आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला विगत तीन दशकमा यसपटक सबैभन्दा बढी मुद्दा दायर भएको जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अख्तियारले २५ प्रतिशत बढी मुद्दा दायर गरेको हो ।

    घुस रिसवत २०६, नक्कली प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको नोक्सानी ७४, गैरकानूनी लाभ हानी ३६, गैरकानूनी सम्पत्ति आर्जन १८, राजस्व हिनामिना १२ र १० वटा विविध विषयका मुद्दा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार