Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना अपडेट : काठमाडौं उपत्यकामा ३ सहित थप १०१ जनामा संक्रमण

    कोरोना अपडेट : काठमाडौं उपत्यकामा ३ सहित थप १०१ जनामा संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनासहित थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ।

    यस्तै क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ पुगेको छ। मन्त्रालयकाअनुसार आइसोलेसनमा ५ हजार ८७१ जनाको उपचार भइराखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार