Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • २५ लाख नतिरेको भन्दै अपहरण गर्ने सातजना पक्राउ

    २५ लाख नतिरेको भन्दै अपहरण गर्ने सातजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट आज बिहान अपहरणमा परेका व्यक्तिको लोकन्थलीबाट सकुशल उद्धार गरिएको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले टोखाबाट अपरहरणमा परेका जनकपुरका रामबाबु साहको सकुशल उद्धार गरेको हो । महाशाखाका एसएसपी दिपक थापाका अनुसार साहलाई ५ जनाको समूहले गाडीमा हालेर लगेका थिए । तर रामबाबुले नै लामो समयदेखि जग्गाको बैना लिएर अर्कैलाई जग्गा बेचेको पाइएको छ ।



    एसएसपी थापाले भने,“अपरहणमा परे पनि साहको ठग्ने नियत देखिन्छ । साहले अपहरणकारी भनिएका व्यक्तिबाट मनहरा फाँटको ८ आना जमिनको वैनावापत २५ लाख लिएका रहेछन् । तर जमिन अर्कैलाई बेचेको र रकम फिर्ता नगरेको पाइयो ।”



    थापाका अनुसार साहलाई लगेर लोकन्थलीस्थित आशालाल प्रजापतिको घरमा राखिएको थियो । सोही घरबाट ३ घण्टामै उद्धार गरिएको हो । महाशाखाले साह र प्रजापतिसहित ७ जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार