Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • २३ वर्षीय युवकद्वारा क्वारेन्टिनमा आत्महत्या

    २३ वर्षीय युवकद्वारा क्वारेन्टिनमा आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । लमजुङ क्वारेन्टिनमा बसेका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

    क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका युवकले आत्महत्या गरेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले जानकारी दिए ।



    रुपेन्देहीको बुटवलबाट आएर असार ३१ गतेदेखि बुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।



    लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले शवको पोस्टमार्टम गर्ने तयारी भएको बताए । उनको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार