Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

    पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई उचित पारिश्रमिक र रोजगारीको सुनिश्चित गर्न आग्रह गरेको छ ।

    आयोगले शुक्रबार विज्ञप्ति निकालेर कोरोना महामारीको असहज परिस्थितिमा जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आग्रह गरेको हो ।



    कोरोना महामारी र लकडाउनको अवस्थामा केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिई, जिम्मेवारीबाट हटाई, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिएको भनी उजुरी परेको आयोगले जनाएको छ ।



    काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला सदरमुकामहरुबाट दुईहजार भन्दा बढी श्रमजीवी पत्रकार पेसाबाट पलायन हुनुपरेको नेपाल पत्रकार महासंघले जानकारी गराएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार