Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सहमतिका नाममा फेरि दुई दिन धकेलियो नेकपा स्थायी कमिटी बैठक

    सहमतिका नाममा फेरि दुई दिन धकेलियो नेकपा स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    आज(शुक्रबार) विहान ११ बजेका लागि बोलाइएको बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि भन्दै समय माग गरेपछि ३ बजे बस्ने गरी सारिएको थियो ।



    अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अहिले ४ गते ३ बजे बस्ने गरी स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए ।



    नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

    नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ ।

    बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।

    प्रचण्ड–नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो ।

    प्रचण्ड–नेपाल पक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने अडामा छन् भने ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने तथा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने बरु हरेक परिस्थितिको सामना गर्ने निर्णय गरेका छन् ।

    नेकपा स्थायी कमिटीमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार