Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७ करोड ८१ लाख ठगी गर्ने यसरी परे प्रहरीकाे जालमा

काठमाडौं । महानगरीय अपराध महाशाखाले बिभिन्न बहानामा ७ करोड भन्दा बढि ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाले दमक–७ झापा कृष्णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई लुकिछिपी बसेको अवस्थामा मध्यपुर ठिमी–३ गठ्ठाघर भक्तपुरबाट हिजो (विहिबार) पक्राउ गरेको हो ।

जिन्दल झापा, बारा, पर्सा, सर्लाही बस्ने बिभिन्न २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

जिन्दलबिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको समेत खुलेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।

जिन्दलले आफूलाई मनिष अग्रवाल भनेर पनि ठगी गर्दै आएका थिए । त्यसैगरी जिन्दलले विभिन्न उद्योगहरुमा समेत ठगी गरेको खुलेको छ ।

उनलले बारा र पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्‍वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले झापा तिर जमिन र हार्डवयर व्यवसायमा पनि ठगी गरेको बुझिन आएको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक कारवाहीका लागि जिन्दललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएकाे पनि एसएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077