Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोराना अपडेट : विश्वभर १ करोड ३९ लाख ४६ हजार संक्रमित, मृतकको संख्या ५ लाख ९२ हजार नाघ्यो

    कोराना अपडेट : विश्वभर १ करोड ३९ लाख ४६ हजार संक्रमित, मृतकको संख्या ५ लाख ९२ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या झण्डै साढे १ करोड पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि ६ लाख नजिक पुगेको छ । विश्वमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।

    पछिल्लो २४ घन्टामा २ लाख ४८ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।



    हालसम्म विश्वमा १ करोड ३९ लाख ४६ हजार ५ सय ९६ जना संक्रमित रहेको अहिलेसम्मको तथ्यांकमा ५ लाख ९२ हजार ६ सय ५७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ ।



    अमेरिकामा विश्वमै सबैभन्दा धेरै संख्यामा संक्रमित र मृतकको संख्या पुगेको छ । अमेरिकामा ३६ लाख ९५ हजार २५ जना संक्रमित पुगेका छन् भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ४१ हजार १ सय १८ पुगेको छ ।

    त्यस्तै अमेरिका पछि धेरै संक्रमित र मृतक पुगेको ब्राजिलमा संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४३ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएसँगै ब्राजिलमा २० लाख १४ हजार ७ सय ३८ जना पुगेका छन् भने मृतकको संख्या ७६ हजार ८ सय २२ जना पुगेको छ ।

    २१५ वटा देशको तथ्यांकमध्ये नेपाल १७ हजार ३ सय ४४ जना संक्रमित भएर ६१औं नम्बरमा रहेको छ । नेपालमा हालसम्म कोरोनाका कारण ३९ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमितको तथ्यांकमा सबैभन्दा पुच्छरमा भने Saint Pierre Miquelon रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार