Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अलपत्र परेकालाई सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय

    अलपत्र परेकालाई सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले स्वदेश ल्याउने भएको छ । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै अलपत्र नागरिक सरकारी खर्चमा फर्किन पाउने भएका हुन् ।

    कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रबद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले गरेकाे सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।



    स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए ।



    त्यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ ।

    अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउन दिने निर्णय सरकारले गरेको हो ।

    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सञ्चारमाध्यमको नविकरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताए ।

    कोभिड–१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए । राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार