Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देउवाको मनोनयनविरुद्ध कांग्रेस निर्वाचन समितिमा उजुरी

    देउवाको मनोनयनविरुद्ध कांग्रेस निर्वाचन समितिमा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विभाग गठन र सदस्यहरु मनोनयनको विषयमा पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका हुन ।



    महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको नेताहरुको आरोप छ ।



    ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार