Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सामान्य ज्वरो र रुघाखोकी लागेका काेराेना संक्रमित युवाकाे मृत्यु

    सामान्य ज्वरो र रुघाखोकी लागेका काेराेना संक्रमित युवाकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.9K
    SHARES

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत एक जना कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार साढे ३ः३० बजे मृत्यु भएको छ ।

    असार २९ गते राती १२ बजे देखि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका रौतहटको परोहा नगरपालिकाका ३६ वर्षीय कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार ३ः३० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले बताए ।



    भारतको बैङ्गलोरबाट असार २४ नेपाल छिरेका ती युवक रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याइएको चिकित्सक सिंहले बताए ।



    असार २९ गते उपचारको लागि ल्याएको बेलामा ती युवकको पीसीआर परीक्षणको रिपोर्ट आई नसकेकाले शङ्कास्पद कोरोना सङ्क्रमित उपचार गर्ने वार्डमा राखेर उपचार गरिएको र ३० गते पीसीआर रिपाेर्ट पोजिटिभ आएको अनि ३१ गते दिउँसो मृत्यु भएको चिकित्सक सिंह बताउछन् ।

    थप उपचारको लागि २९ गते नै वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा ल्याइएको मा ३१ ग्ते बुधबार बिहान साढे ६.३० बजेदेखि श्वासप्रश्वासमा गडबडी देखिएको र चिकित्सकको अथक प्रयासपछि पनि बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा. सिंहकाे भनाइ छ।

    भारतको बैङ्गलोरमा अचानक मृत्यु भएका आफ्ना दाइलाई १५ दिनअघि भेट्न भारतको बैङ्गलोरको अस्पताल पुगेर २४ गते ती युवक फर्किएका थिए । उनको दाइको मृत्युको कारण नखुले पनि कोरोना सङ्क्रमणबाट नै भएको हुनसक्ने अनुमान गरिएको छ ।

    मृत्यु भएका युवकको शवलाई सम्बन्धित जिल्ला लैजानको लागि उक्त जिल्लामा रहेको नेपाली सेनासँग वीरगञ्जको नेपाली सेनाका अधिकारीले सम्पर्क गर्नुभएको र लैजाने तयारी भइरहेको चिकित्सक सिंहले जानकारी दिए। गाेरखा पत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार