Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अयोध्या प्रकरणलाई मत्थर पार्न ‘रअ’को योजनामा ५५ करोडको अस्त्र

    अयोध्या प्रकरणलाई मत्थर पार्न ‘रअ’को योजनामा ५५ करोडको अस्त्र

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 5.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको र सक्कली अयोध्या नेपालमै भएको अभिव्यक्ति दिएपछि ओलीविरुद्ध ५५ करोडको अस्त्र प्रहार भएको छ ।

    प्रधानमन्त्री ओलीले भानु जयन्तिको अवसरमा सोमबार आयोजित कार्यक्रममा भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम (ठोरी) मा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गर्दा सांस्कृतिक हिसाबले नेपाल थिचिएको बताएका थिए ।



    त्यसपछि भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीविरुद्ध चरित्रहत्या गरेर समाचारहरु प्रवाह गरिरहेका छन् ।
    यसअघि भारतीय टेलिभिजन जीन्यूजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतसँग जोडेर चरित्र हत्या गरेपछि नेपालमा जीन्यूजसहित केही भारतीय सञ्चारमाध्यमलाई बन्द गराइएको छ ।



    प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति राजनीतिक विषय नभएको नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी प्रष्ट पारिसकेको छ । यसले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई कमजोर नपार्ने पनि मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीकै पहलमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर संसदबाट नेपालको नयाँ नक्सा स्वीकृत भएदेखि नै भारतीय गुप्तचर संस्था र दूताबासले नेपालका मिडियाहरुलाई दुरुपयोग गर्दै आइरहेको बालुवाटारको बुझाई रहेको छ ।

    केही समय अघि भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स ब्यूरो(आईबी)का प्रमुख अरविन्द कुमार गुपचुप रुपमा नेपाल आएको सूचना समेत लिक भएको थियो । स्रोतका अनुसार रअ, आईबी र भारतीय दूताबासको मिडिया हेर्ने सेक्सनको योजनामा प्रधानमन्त्री ओलीलाई कमजोर पार्नका लागि अहिले ५५ करोडको अस्त्र प्रहार गरिएको छ ।

    प्रधानमन्त्री ओलीले अयोध्याको विषयमा दिएको अभिव्यक्तिका कारण भारतमा समेत हंगामा मच्चिएको छ ।
    भारतीय दूताबासकै योजनामा शुरुमा टाइम्सअफ इण्डियामा आएको समाचारलाई फ्रान्सको ग्लोवल वाच एनलाइसीसमा प्रकाशित गर्न लगाई नेपालका केही मिडियाहरुमार्फत प्रधानमन्त्री ओलीले स्वीस बैंकमा खाता खोलेर ५.५ मिलियन अमेरिकी डलर जम्मा गरेको समाचार एकाएक भाइरल बनाइएको थियो ।

    जुन कुरालाई गलत र मनगणन्ते भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले प्रष्ट पारिसकेको छ । वर्षौंदेखि नेपाली भूमि अतिक्रमण गर्ने भारतको कामबिरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीबिरुद्ध भारतीय डिजाइनमा यसरी विदेशी मिडियाले अफवाह फैलाएको तथ्य बाहिर आएको हो । नेपालबिरुद्ध भारतकै योजनामा कथा रचेर स्वीस बैंकमा करोडौं डलर रहेको भन्दै फेक समाचार बाहिर ल्याएको पाइएको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार