Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च

    बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।



    चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा कारोबार भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार