काठमाडौं । थप ६९७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ६९७ जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ ।
Leave a Reply