Online Nepal
  • मंगलबार, १० असार २०८२
  • थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्याे

    थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्याे

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको हो।

    पछिल्लो २४ घण्टामा पाँच हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। कोरोनाकै कारण ३८ जनाले ज्यान गुमाएका छन्।



    अहिले क्वारेन्टाइन २४ हजार पाँच सय २७ जना छन्। आइसोलेसन ६ हजार एक सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार