Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भोलिदेखि साझाले २६ वटा बस चलाउने

    भोलिदेखि साझाले २६ वटा बस चलाउने

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सार्वजनिक यातायात चल्न थालेपछि साझा यातायातले पनि बिहीबारबाट सेवा थाल्ने तयारी गरेकाे छ। साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने बताए ।

    सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ ।



    संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार