Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बुधबार र बिहिबार विजाेर मात्रै चल्दा जोर सवारीधनी मार्कामा

    बुधबार र बिहिबार विजाेर मात्रै चल्दा जोर सवारीधनी मार्कामा

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । लकडाउनका बेला ट्राफिक प्रहरीले उपत्यकामा जोरबिजोरको नियमलाई कडाइ गरिरहेको छ ।

    जोरबिजोर चेकजाँचलाई तिव्रता दिरहेको ट्राफिक प्रहरीले विभिन्न ४६ वटा चेकिङ प्वाइन्ट मार्फत चेकजाँचलाई गरिरहेको छ । ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली छ ।



    प्रायजसो जोर पछि विजोर दिन नै आउने हो । तर, यो पटक भने दुई दिन लागातर बिजोर गते पर्दा जोर सवारीसधान रहेकाहरु भने समास्यामा पर्ने देखिएको छ ।



    बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने भएका हुन् । जसले गर्दा दुई दिन जोर सवारी साधन घरमै बस्ने भएका छन् ।

    सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार