Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पुरातत्व विभाग अयोध्यापुरीमा उत्खनन गर्ने तयारी गर्दै

    पुरातत्व विभाग अयोध्यापुरीमा उत्खनन गर्ने तयारी गर्दै

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन सरकारले उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो देखाउँदै उत्खनन् गर्ने तयारीमा जुटेकाे हाे।

    हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।



    विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।



    अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो/थिएन भन्ने स्पष्ट हुने बताउँछन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार