Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

    गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 1.7K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

    गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बुधबार दिएको जानकारीअनुसार पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।



    म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।
    यस्तै गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक-एक जनामा कोरोना देखिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार