Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

    मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    सिरहा। कल्याणपुर नगरपालिका¬–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको हो ।



    नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।



    यस्तै बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ ।सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाई¬–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ ।–

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार