Online Nepal
  • सोमबार, ९ असार २०८२
  • चिया पसलमा लागूऔषध कारोबार, दुई महिला पक्राउ

    चिया पसलमा लागूऔषध कारोबार, दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.2K
    SHARES

    विराटनगर । लागूऔषध कारोवार गरेको आरोपमा मोरङ प्रहरीले दुई चिया पसल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५, रानीबाट ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुन रहेका छन्।

    पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । विशेष सूचनाका आधारमा पसलमा छापा मार्न मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आफैँ पुगेका थिए । उनीहरुको रानीमा चिया पसल छ ।



    त्यसक्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो । झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक खातुनलाई पनि पक्राउ गरेको हो । उनले चलाएको पसलको छेउमा भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार