Online Nepal
  • बुधबार, २ माघ २०८१
  • हङकङसँग अब चीनसरह नै व्यवहार गर्ने ट्रम्पको घोषणा

    हङकङसँग अब चीनसरह नै व्यवहार गर्ने ट्रम्पको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2K
    SHARES

    एजेन्सी । हङकङलाई दिइँदै आएको विशेष दर्जा अन्त्य गर्नेसम्बन्धी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले भने, ‘हङकङसँग अब चीनसरह नै व्यवहार गरिनेछ।’ यसले चीन–अमेरिका सम्बन्ध अझ चिसिने आँकलन गरिएको छ।

    मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘अब कुनै पनि विशेष अधिकार, कुनै पनि विशेष आर्थिक प्राथमिकता र कुनै पनि महत्वपूर्ण प्रविधि निर्यात गरिनेछैन।’ उनले हङकङमा मानवअधिकार उल्लंघनका घटनामा संलग्न चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउनेसम्बन्धी द्विपक्षीय कानुनमा हस्ताक्षर गरेको पनि जनाएका छन्।



    सन् १९९० को दशकसम्म बेलायतको उपनिवेशका रुपमा रहेको हङकङ एक देश दुई व्यवस्थाअन्तर्गत सञ्चालित हुँदै आएकोमा केही समययता चीनको हस्तक्षेप बढिरहेका छन्। त्यसमा बेलायतसहितका पश्चिमा मुलुकले आपत्ति जनाउँदै आएको छ। हालै चीनले ल्याएको नयाँ सुरक्षा कानुनले हङकङले पाउँदै आएको विशेष अधिकारको अवस्था अन्त्य गर्ने आँकलन गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार