Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमिताभका परिवारको स्वास्थ्यमा सुधार, अझै एक साता अस्पताल बस्न सल्लाह

    अमिताभका परिवारको स्वास्थ्यमा सुधार, अझै एक साता अस्पताल बस्न सल्लाह

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । भारतीय अभिनेता अमिताभ र नायक अभिषेक बच्चन एक सातासम्म अस्पताल बस्नुपर्ने भएको छ । कोरोना संक्रमण पोजेटिभ देखिए पनि अमिताभ बच्चन र नायक अभिषेक बच्चन गत शनिबार नानावती अस्पतालमा भर्ना भएका थिए ।

    तीन दिनको अस्पताल बसाईपछि अहिले अमिताभ र अभिषेक बच्चनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । डाक्टरका अनुसार उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको छ तर पनि पूर्ण रुपमा निको हुनका लागि एक सातासम्म अस्पतालमा नै बस्नुपर्ने जनाइएको छ ।



    पीटीआईका अनुसार, दुवैको स्वास्थ्यस्थितिमा सुधार भईरहेको छ र औषधीले पनि राम्रोसँग काम गरिरहेको उनीहरुको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।



    पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएसँगै बच्चन परिवारमा पनि कोरोना देखिएको थियो । कोरोनाका कारण बच्चन परिवारकै बुहारी एवं पूर्व विश्वसुन्दरी एवं नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चन पनि संक्रमित भएका थिए । तर, एकै परिवारकी सदस्य अभिनेत्री जया बच्चनको भने रिपोर्ट नेगेटिभ आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार