Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ज्योति पाण्डे पुनः इन्भेष्टमेन्ट बैंकको सीईओ नियुक्त

    ज्योति पाण्डे पुनः इन्भेष्टमेन्ट बैंकको सीईओ नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्योति पाण्डे पुनः नियुक्त भएका छन् ।बिहीबार कार्यकाल सकिन लागेका पाण्डेलाई बैंक सञ्चालक समितिले चार बर्षका लागि निरन्तरता दिएको हो ।

    पाण्डे समूहको लगानी रहेको इन्भेष्टमेन्ट बैंकमा ज्योति पाण्डेले निकै लामो समय काम गरिसकेका छन् । उनले सुरुमा नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरे पनि एक बर्ष नहुँदै छोडेर बैंकमा जागिर खान थालेका थिए ।



    पाण्डेले तत्कालिन इन्डोस्वेज बैंकबाट सुरु गर्दै तत्कालिन इन्डोसेज बैंक हुँदै हिमालयन बैंकमा काम गरे । इन्डोस्वेज बैंक पाण्डे समूहले किनेपछि बनेको इन्भेष्टमेन्ट बैंकमा उनी आठ बर्षदेखि सीईओको रुपमा कार्यरत छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार