Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साढे ३३ किलो सुन प्रकरण : गोरेका सहयोगी खड्का पुर्पक्षका लागि थुनामा

    साढे ३३ किलो सुन प्रकरण : गोरेका सहयोगी खड्का पुर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका हरिशरण खड्कालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए ।



    काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का तस्करीमा संलग्न चुडामणी उप्रेती गोरेका सहयोगी भएको प्रहरीको दाबी छ ।



    उनीसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार